जुवा खेल्ने छ जना वीरगञ्जबाट नगदसहित पक्राउ

साझेदारी दैनिक
323 पाठक संख्या

वीरगन्ज : वीरगञ्जबाट जुवा खेलिरहेको अवस्थामा नगदसहित छ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

जुवा खेलिरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलिले जुवाखालबाट उनीहरुलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१३ बस्ने सोनालाल कुशवाहाको घरको छतमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.११ बस्ने बिमल बहादुर क्षेत्री,गणेश कुमार थापा,वडा नं.४ बस्ने धुरेन्द्र प्रसाद यादव,वडा नं.१७ बस्ने नरेशबहादुर सिंह पौडेल,जयराम प्रसाद र वडा नं.१३ बस्ने राम श्रेष्ठ रहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

प्रहरीले एक लाख ४५ हजार ५४० र तीन बुक तास पनि नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

पक्राउ परेकाहरु विरुद्ध जुवा सम्बन्धी कसूर मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप गराइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

Leave a review