नारायणी अस्पतालको एमआरआई सेवा भयो सुचारु

राम मण्डल
269 पाठक संख्या

वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालको एमआरआई सेवा पुनःसञ्चालनमा आएको छ ।

छ महिना देखि अस्पतालमा बन्द रहेको एमआरआई सेवा आईतबारदेखि पुनः सञ्चालनमा आएको हो ।

एमआरआई मेशिन उपलव्ध गराउने कम्पनीको रकम नतिरेका कारणले कम्पनीले नै बन्द गरिदिएको मेशिन पुनःसञ्चालनमा आएको हो ।

नारायणी अस्पतालले कम्पनीलाई तिर्नुपर्ने बाँकी रहेको बीस प्रतिशत रकम तिरेपछि मेशिन सञ्चालनमा आएको हो। अस्पतालमा एमआरआई शुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.एनामुल हकले जानकारी दिए ।

मेशिन उपलव्ध गराउने चिनिया कम्पनीलाई बाँकी रहेको रकम उपलव्ध गराएसँगै कम्पनीले नै बन्द गरिदिएको मेशिन खोलेको उनले बताए । मेशिनलाई भुक्तानी नगरिपछि लक गरेका कारणले अस्पतालबाट दिईने एमआरआई सेवा बन्द भएको थियो।

बितेको बर्ष तीस करोडमा नारायणी अस्पतालले थ्रि टेस्लाको अत्याधुनिक एमआरआई मेशिन खरिद गरी अस्पतालमा जडान गरेको थियो। तर कम्पनीलाई भुक्तानी बाँकी राखेकाले कम्पनीले नै मेशिन बन्द गरिदिएपछि एमआरआई सेवा बन्द भएको हो।

नारायणी अस्पतालमा बाहिरको भन्दा आधा मूल्यमा नै बिरामीहरुको एमआरआई गरिने गरिएको छ।त्यहाँ दैनिक दस जना सम्म बिरामीहरुको एमआरआई गर्ने गरिएको अस्पतालले जनाएको छ ।

Leave a review

This will close in 0 seconds