संविधानको अन्त्येष्टि गर्दा आजपाका आधा दर्जन भन्दा धेरै नेता पक्राउ

साझेदारी दैनिक
299 पाठक संख्या

वीरगञ्ज : आम जनता पार्टीले वीरगञ्जमा सँबिधानको अत्येष्टि गर्दा बिहीबार आधा दर्जन भन्दा बढी नेताहरु पक्राउ परेका छन्।

दिवसको अवसरमा र्‍याली निकाल्दै संबिधानको अन्त्येष्टि कार्यक्रम गर्न लागेपछि उनीहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।

सँबिधानको बिरोध गर्दै र्‍याली सहित घण्टाघरमा सँबिधानको अन्त्येष्टि आजपाका नेता कार्यकर्ताहरुले गरेका थिए । सोही क्रममा प्रहरीले उनीहरुलाई रोक्न खोजेको थियो ।

रोक्ने क्रममा झडप हुने स्थिति उत्पन्न भए पछि प्रहरीले आजपाका नौ जना नेताहरुलाई नियन्त्रणमा लिएको थियो ।प्रहरीले आम जनता पार्टीका केन्द्रीय सचिव बाबुराम कौशिक,मधेस प्रदेश अध्यक्ष उमेश कुशवाहा,आजपाका नेता लालबाबु मन्सुरी,सुनिल साह,श्री भगवान पटेल,किरण यादव,सन्देश साह लगायतलाई पक्राउ गरेको थियो।

संविधान दिवसको अवसरमा नेकपा एमाले पार्टी कार्यालय पर्सामा नेपालको झण्डा झण्डोत्तोलन गरिएको छ। एमाले पर्साको आयोजनामा दिवसको अवसरमा झण्डोतोलन कार्यक्रम गरिएको थियो । एमाले पर्साका अध्यक्ष डा. विशम्भरकुमार शर्माको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

कार्यक्रममा प्रदेश सभा सदस्य विणा शर्मा, प्रदेश कमिटी सदस्य मुन्तुरा चौधरी लगायतको सहभागिता रहेको थियो ।त्यस्तै दिवसको अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकामा पनि नेपालको झण्डा झण्डोतोलन गरि दिवस मनाइएको थियो ।

Leave a review