बारामा हट्यो निशेधाज्ञा, बिद्यालय तथा कलेज भने नखुल्ने

साझेदारी दैनिक
साझेदारी दैनिक 401 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा जिल्लामा लगाईएको निशेधाज्ञा हटाएको छ । जिल्लामा कोरोना संक्रमितहरुको सख्यामा कमी आएकोले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लागु गरिएको निशेधाज्ञा हटाईएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

गत साउन १८ गतेबाट जारी गरिएको निशेधाज्ञा असोज १ गतेसम्म लागु गरिएको थियो । प्रशासन कार्यालयले सुचना जारी गरी जिल्लामा अब सबै सरकारी कार्यालय तथा गैर सरकारी संघसंस्थाहरु, सबै प्रकारका पसल, ब्यवसायहरु, उद्योग प्रतिष्ठानहरु, सेवाहरु,बैक, बिमा तथा बित्तिय संस्थाहरु र नेपाल सरकारले तोकेको शर्त बमोजिमको यातायात सेवाहरु संचालन गर्न आग्रह गरेको छ ।

निशेधाज्ञा हटाईए पनि जिल्लामा सभा समारोह, भेला ,¥याली लगायतको काम बन्देज गरिएको छ भने मठ,मन्दिर ,स्कुल, विद्यालय ,कलेज खुल्न प्रतिबन्ध लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिएका छन ।

संक्रमण अझैपनि फैलिन सक्ने संभावना रहेकाले बिक्रेता तथा उपभोक्ताहरुले स्वास्थ्य सुरक्षाको साधनहरुको प्रयोग गर्ने र अनिवार्य रुपमा कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review