अवैध मालसामान सहित ट्रक प्रहरी नियन्त्रणमा

साझेदारी दैनिक
287 पाठक संख्या

वीरगञ्ज : पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० रुपैयाँ बराबरको माल सामान बोकेको ट्रकलाई नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका २५ स्थित आईसिपी चोकमा प्रहरीले बा ३ ख ९८४५ नम्बरको मालबाहक ट्रकलाई नियन्त्रणमा लिएको हो।

जाँचको क्रममा वीरगञ्जबाट काठमाडौं जादै गरेको उक्त ट्रकमा लोड रहेको कस्मेटिक लगायतका मालबस्तुहरु बिल बिजक भन्दा बढी रहेको पर्सा प्रहरीको भनाई छ।

ती मालबस्तुसहित ट्रकलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review

This will close in 0 seconds