Sajhedari Daily
Latest News from Nepal

बाल दिवसको अवसरमा अनाथआश्रममा सरसफाई तथा खाजा सामाग्री वितरण

Top Aside Banner

राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा कलैया स्थित अमृता अनाथश्रमका बालबालिकाहरुलाई कोभिड १९ बाट सुरक्षित रहन सरसफाई तथा खाजा सामाग्री वितरण गरिएको छ ।

“विपतमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता” नाराका सोमवार जन जागरण युवा क्लब, बाराले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

सो अनथाश्रममा आवश्यकता पहिचान गरी सो स्थानका बाल बालिकाहरुलाई कोरोनाबाट सुरक्षित रहन सरसफाई सामाग्रीहरु बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित र आयोजक क्लबका अध्यक्ष भैयाराम यादवले वितरण गरेका थिए ।

संस्थाले बालबालिकाहरुका लागि सेनिटाइजर, हात धुने र कपडा धुने साबुन, तेल, काइयो, ब्रस, नेल कटर, टुथ पेष्ट, हार्पिक, चपीै सफा गर्नै ब्रस, ठुलो डस्टबीन तथा खाजा सामाग्री जस्तै गेडागुडी, चिउरा लगायतका सामाग्रीहरु वितरण गरिएको संस्थाका श्रीनिवास वैठाले जानकारी गराएका छन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर पण्डित, आयोजक संस्थाका अध्यक्ष भैयाराम यादव, ा अनाथश्रमका अध्यक्ष फुलमति बस्नेत, संचालक गोभर्धन बस्नेत, सियाराम यादव, दिपेन्द्र गुप्ता, मदन सिंग, लगायतको उपस्थितिमा रहेको थियो ।

कार्यक्रमको संचालन संस्थाका कार्यक्रम प्रबन्धक निवास बैठाले गरेका थिए । सो अवसरमा कोरोनोले कसैलाई असर नपरोस भनेर मास, सेनिटाइजर र मास्कको प्रयोग गरिएको थियो ।

सो अवसरमा अनाथालयका अध्यक्ष बस्नेतले यस्तो संकटको बेला यसपालिका दिवस भव्यताका साथ नमानाएपनि अनाथ बाललालिकाहरुलाई कोभिड १९ बाट सुरक्षित रहन सरसफाई तथा खाजा सामाग्री वितरण गर्नु एकदमै सराहनिय भएको र आयोजक संस्थालाई धन्यवाद दिएका छन ।