बन कार्यालयले एक नामुद काठ तस्करलाई पक्राउ

साझेदारी दैनिक
355 पाठक संख्या

पर्सा : डिभिजन बन कार्यालय पर्साले एक नामुद ( प्रख्यात )काठ तस्करलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं.४ बस्ने २५ बर्षिय सोनालाल सहनी रहेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

साईकलमा २ क्युफिट काठ स्याउलाले छोपी ल्याउँदै गर्दा वडा नं.४ पटेल चोक स्थित ब्रहम स्थानबाट उनलाई पक्राउ गरिएको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए।

पक्राउ परेका सहनी यसभन्दा अगाडि पनि काठ तस्करी मुद्धामा थुनामा बसेर धरौटीमा छुटेका थिए । उनलाई डिभिजन बन कार्यालयले तारिखमा राखेको थियो । तर उनले तारिख तोडि पुन : काठ तस्करीमा लागेको सबैया सब डिभिजन बन कार्यालय सबैयाका फरेस्टर पुरुषोत्तम पटेलले जानकारी दिए ।

पक्राउ परेका सहनीलाई डिभिजन बन कार्यालय पर्साको थुनामा राखि थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

Leave a review

This will close in 0 seconds