कलैया : मुआमाई मेलाको नेपाली काँग्रेस बाराका सभापति राजेश राय यादवले उद्घाटन गर्नु भएको छ ।
बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर १२ सितलपुरमा लागेको उक्त मेलाको शनिबार एक कार्यक्रम बिच कलैया उपमहानगरपालिकाका पुर्व नगरप्रमुख एवम् नेपाली कांग्रेस पार्टी बाराका सभापति राजेश राय यादवले उद्घाटन गर्नु भएको हो ।
मुआमाई मेला समिति कलैया उपमहानगरपालिका वडा ११ सितलपुर र १२ विशम्भरपुरको आयोजनामा तीन दिने मेला लाग्दै छ ।
मेला समितिका अध्यक्ष राधा प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका ११ का वडाध्यक्ष अजय कुमार कुशवाहा,१२ का वडाध्यक्ष लालबाबु मण्डल,१३ का वडाध्यक्ष राजेश मेहता,शिक्षक संघ बाराको अध्यक्ष राजकिशोर सहनी,तरूण दल बारा जिल्ला अध्यक्ष दिपेन्द्र पटेल,मेला कमिटीका दिनेश मण्डल,रामबालक यादव,हुलासी प्रसाद यादव,अफताब आलम लगायत स्थानिय राजनीति दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमको सञ्चालन नेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक मुकेशचन्द्र कुशवाहाले गरेका थिए ।


