जगरनाथपुर गाउँपालिकामा छठघाट सजावटका लागि चुन र अबीर सहयोग

साझेदारी दैनिक
433 पाठक संख्या

वीरगञ्ज : पर्साको जगरनाथपुर गाउँपालिकामा छठघाट सजावटको लागि चुन र अबीर सहयोग गरिएको छ ।

जगरनाथपुर गाउँपालिका निवासी जनमत पार्टीका नेता ब्रिजेश्वर प्रसाद चौधरीले सो सहयोग गरेका हुन्।

उनले गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मको छठघाट सजावटको लागि चुन र अबीर सहयोग गरेका हुन्।

छठघाट सजावट गर्नको लागि बीस केजीको ८४ बोरा चुन र दस केजीको ५७ बोरा अबीर सहयोग गरेको उनले बताए।

गाउँपालिकाको सुहपुर स्थित आफनै निवासबाट चौधरीले उक्त सामाग्रीहरु सहयोग स्वरुप वितरण गरेका हुन्।

Leave a review