पर्सा : पर्साको बहुदरमाई नगरपालिकाको डकैहना चोकमा सञ्चालित एउटा अबैध फर्निचर उद्योगमा छापामारी गरी बिभिन्न फर्निचरहरु जफत गरिएको छ ।
सब डिभिजन बन कार्यालय बड्निहारबाट बन अधिकृत नवनीत मिश्रको कमाण्डमा गएको टोलीले फर्निचरको गोदाममा छापामारी गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।
बन टोलीले छापामारी गरी १ थान टेबल फ्रेम,२ थान कुर्सी फ्रेम,२ थान पलङको खाट,१ थान किचन र्याक,र २ थान टुक्रा फर्निचर जफत गरिएको उनले बताए ।
त्यस्तै बुधबार साँझ एक ट्रयाक्टर दाउरा र तीनवटा साईकल बरामद गरिएको छ । बन गस्तीको क्रममा साईकलमा लोड गरी ल्याउँदै गरिएको दाउरा सहितको साईकल नियन्त्रणमा लिएको सब डिभिजन बन कार्यालय बड्निहारका बन अधिकृत नवनीत मिश्राले जानकारी दिए ।
यता पर्सागढी नगरपालिकाको मनवामा अवैध रुपमा संकलन गरिएका ढुंगा र बालुवा जफत गरिएको बन अधिकृत मिश्राले बताए ।
जफत गरिनेमा बालुवा ८ ट्रयाक्टर र ४ ट्रयाक्टर बोल्डर रहेको उनले जानकारी दिए । जफत गरिएको फर्निचर,बालुवा र बोल्डरलाई सब डिभिजन बन कार्यालय बड्निहारको नियन्त्रणमा राखिएको छ ।
यसैगरी कार्तिक २२ गते नियन्त्रणमा लिएको ट्रयाक्टर सहितको बालुवालाई रु ११ हजार जरिवाना गरी छोडिएको छ ।
अब पुन : अबैध रुपले नदिजन्य पदार्थ नढुवानी गर्ने सर्तमा छोडिएको हो डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले बताए ।

