छ जना फरार प्रतिवादीलाई अदालतमा दाखेल

संदिप प्रसाद यादव
240 पाठक संख्या

कलैया : बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका छ जनालाई पक्राउ गरी बारा जिल्ला अदालतमा दाखेल गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

ईलाका प्रहरी कार्यालय कबही गोठले चेक अनादर मुद्दामा एक हजार रुपैयाँ जरिवाना सजाय पाएको सुवर्ण गाउँपालिका वडा नम्बर २ कबही गोठ निवासी राजिव यादव तथा पाँच सय जरिवाना लागेका कबहीगोठ निवासी धर्मवीस यादवलाई प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढले चेक अनादर यादव मुद्दामा एक हजार रुपैयाँ जरिवाना लागेका सिम्रौनगढ ८ निवासी अनिरुकुमार यादवलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय निजगढले हातहतियार तथा खरखजाना मुद्दामा तीन महिना कैद तथा पाँच हजार जरिवाना लागेका मंललाई भन्ने मंगलबहादुर पाख्रिनलाई पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट गंगापुरले सवारी ज्यान मुद्दामा एक वर्ष कैद सजाय पाएका कलैया उमनपा १८ निवासी श्यामकुमार बैठालाई पक्राउ गरेको छ।

प्रहरी चौकी मटिअर्वाले लागु औषध मुद्दामा दुई महिना कैद पाएका कलैया उमनपा १२ शितलपुर निवासी मनोज साहलाई पक्राउ गरेको हो।

Leave a review