कलैया : राजेश कुशवाहा/ बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित गढीमाई मन्दिरमा मंसिर १ गतेदेखि जारी विश्व प्रसिद्ध गढीमाई पञ्चबर्षिय मेलामा मानव सागर ओर्लिएको छ।
जिल्लाको आठ वटा नाका बाट शनिबार र आईतबार मानव सागर ओर्लिएको हो ।मेला भर्नका लागि जिल्लाको सिम्रौनगढको बसवरिया,नन्दसगरा ढाट,पचरौताको बेलदारी नाका,सुवर्ण गाउँपालिकाको कवही गोठ नाका,देवताल गाउँपालिकाको अमवा,बिश्रामपुर गाउँपालिकाको मुसहर्वा,कलैया उपमहानगरपालिकाको मटिअर्वा र पर्साको बीरगञ्ज नाका भएर भारतको बिभिन्न स्थानका दर्शनार्थीहरु आईरहेका छन ।
भारतको रक्सौल,मोतिहारी,अदापुर,झैडादानो,पटना,उतरप्रदेश,दिल्ली,कलकता,मुम्बई लगायतका दर्शनार्थीहरु गढीमाई मेला भर्न आएका छन ।
उक्त नाकामा भारतिय सवारी साधनको अत्याधिक चाप बढेको छ । सो सडकमा पैदल यात्री,साईकल,मोटरसाईल,बस,पिकअप, कार लगायतको सवारी साधनको चाप बढेको हो । भने यता रौतहटको बंकुल भएर समेत गढीमाई मेला भर्न दर्शनार्थीहरु भारी संख्यामा आईरहेका छन ।
शनिबार,आईतबार र सोमबार सम्म भारी संख्यामा भक्ततजनहरु आउने गढीमाई मेला मुल ब्यवस्थापन समितिले जनाएको छ । मधेश प्रदेशको राजधानी जनकपुर धाममा लागेको बिबाह पञ्चमी मेला भर्न भारतको बिभिन्न स्थान बाट पुगेका भग्तजनहरु समेत गढीमाई मन्दिरमा दर्शन गर्न आएका छन।
भने कलैया –बीरगञ्ज सडक खण्ड,बरियारपुर – मझरिया–कवहीगोठ सडक खण्ड,कलैया – मटिअर्वा सडक खण्ड,मानवत कलैया –सडक खण्ड,तामागढी – कोल्हवी –सिम्रौनगढ सडक खण्ड,गण्डक नहरको बाटो भएर दर्शनार्थीहरु मेला भर्न आउने क्रम जारी रहेको छ ।
गढीमाई मेला भर्न जिल्लाका सडकहरुमा राती भरी नै पैदलयात्री तथा सवारी साधनहरुको आवत जावत हुन्छ । यस बर्ष गढीमाई मेलामा करौडोको संख्यामा दर्शनार्थीहरु आउने अनुमान गरिएको छ ।
मेलामा शान्ति सुरक्षाको लागि ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भने मेलामा हुने लुटपाटका घटनालाई नियन्त्रण गर्नका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ ।

