सःमिलमा छापामारी गर्दा ठुलो परिमाणमा काठ बरामद,रङ्गपुरबाट काठ सहित एक जना मानिस पक्राउ

रञ्जन यादव
409 पाठक संख्या

पर्सा : पर्सा जिल्लाको बन गस्ती टोलीले सःमिलमा छापामारी गर्दा ठुलो परिमाणमा काठ बरामद गरेको छ भने रङ्गपुरबाट काठ सहित एक जनालाई पक्राउ गरेको छ ।

पर्सा जिल्ला सबैया सब डिभिजन बन क्षेत्रबाट एउटा सःमिलमा छापामारी गर्दा काठ सहित मानिसलाई पक्राउ गरीएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रतनपुर स्थित सः मिलबाट सबैया सब डिभिजन बन कार्यालयको बन टोली र शसस्त्र प्रहरी बल नेपाल नम्बर–१३ गण हेडक्वाटर पर्साको संयुक्त टोलीले अबैध सालको चिरान काठ सहित गोलिया बरामद गरेको जनाएको छ ।

टोलीले ३५.१२ क्युफिटको काठ र रङ्गपुर सब डिभिजन बन क्षेत्रबाट एक जना मानिस सहित ७.८ क्युफिट काठ गरी ४२.९२ क्युफिटको काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिएछन । सःमिल धनी नुरहोदा मिया फरार रहेको र उनको खोजी कार्य भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत अहमदले बताए ।

शसस्त्र प्रहरी बल नेपाल नम्बर–१३ गण हेडक्वाटर पर्साको बिशेष सूचनाको आधारमा डिभिजन बन कार्यालय पर्साको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२९ रतनपुर निवासी नुरहोदा मियाँको समिलमा छापा मार्दा विभिन्न साईजको ४५ थान चिरान चौकट र १ थान सालको गोलिया बरामद गरेको सब डिभिजन सबैयाका रेञ्जर भुपाल रोकायले बताए ।

छापामारी गरी बरामद गरि ल्याउँने क्रममा करिब ७० जना सङ्ख्याको भिडले काठ ल्याउँनमा अवरोध सिर्जना गरिएको थियो । करिब १ घण्टाको लामो प्रयासले बन टोली काठ ल्याउँन सफल भएको हो ।

बरामद काठ डिभिजन बन कार्यालय पर्सामा राखिएको छ ।समिल धनी मियाले काठ तस्कर भरिया मार्फत सालको गोलिया मगाई आफ्नै समिलमा चिरान गराई फर्निचर तथा चौकटहरु बनाई बिक्रिबितरण गर्दै आएको आरोप छ । उनी बिरुद्ध डिभिजन बन कार्यालय पर्साबाट पक्राउ पुर्जी जारी समेत रहेको छ ।

त्यस्तै रङ्गपुर सब डिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले साईकलमा काठको गोलिया लोड गरि ल्याउँदै गरिएको अवस्थामा एक जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका वडा नं.१ ग्ढियानीका ३५ बर्षिय कलिम मिया अंसारी रहेको रङ्गपुर सब डिभिजन बन कार्यालयक छैठो तहका बन अधिकृत उज्जवल यादबले जानकारी दिए ।

रङ्गपुर सब डिभिजन बन कार्यालयबाट अधिकृत उज्जवल यादब र ईलाका प्रहरी कार्यालय रङ्गपुरबाट प्रहरी सहायक निरिक्षक रामबाबु यादबको नेतृत्वमा खटिएको टोलीले गढियानी स्थित खोलाको नजिकबाट ७.८ क्युफिटको काठ सहित अंसारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अंसारीलाई डिभिजन बन कार्यालय पर्साको थुनुवा कक्षमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत अहमदले बताए ।

Leave a review