अज्ञात समूहको गोली प्रहारबाट बारामा एक जनाको हत्या

साझेदारी दैनिक
610 पाठक संख्या

कलैया : बारामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या गरिएको छ ।

बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ आमाडार र रामौली जाने बाटोमा एक जनालाई गाड़ी भित्र अज्ञात समुहले गोली हानि हत्या गरेको हो ।

नेटा कम्पनीको ईभी कार बागमती प्रदेश -०१-०२८ च ७६१६ नम्बरको गाडीमा सवारलाई कन्चटमा अज्ञात समुहले गोली प्रहार गरि हत्या गरिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ। 

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दहालका अनुसार बिरगंजबाट तालिम प्राप्त कुकुर बोलाएर अनुसन्धान गर्ने कार्यतालिका रहेको बताएका छन् ।

हत्या गरिएको ब्यक्तिको अहिले पनि शव गाडी मै रहेको र आफुहरु अनुसन्धान अगाडि नबढाएको कारण हत्या कस्ले,कसरी र कहिले गरिएको हो भन्न सक्ने अवस्था नरहेको बताए ।

हत्या गरिएको ब्यक्तिको पहिचान अहिले सम्म खुलेको छैन । 

Leave a review

This will close in 0 seconds