कलैया, १८ कार्तिक
बारा निर्वाचन क्षेत्र नम्बर ३ क मा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार मुकेश साहले निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै आएका छन ।
नेकपा माओवादी केन्द्रका युवा नेता समेत रहेका साह दलीय सत्ता गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार हुन । उनी मतदाता माझ लोकप्रिय बन्दै गएका छन । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै साहले चुनावी अभियानलाई पनि तिव्रता दिएका हुन ।
साहले आफ्ना क्षेत्रका जनतासँगको भेटघाट र घरदैलो अभियानलाई निरन्तरता दिँदै आएका छन ।
उनले विहिवार र शुक्रवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ अन्तरगतको विभिन्न टोलमा मतदाताहरुलाई भेटघाट गर्दै आफुलाई मत दिएर निर्वाचित गराउन आग्रह गरेका छन । मतदाताहरुसंग बोल्दै उम्मेदवार साहले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेकोले गठबन्धनको पक्षमा मतदान गर्न समेत आग्रह गरे। यस क्षेत्रका महिला, उत्पीडित, दलित आदिवासी जनजाति,विपन्नवर्गको उत्थान र समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउदै साहले एकपट सेवा गर्ने अवसर दिनुहुन मतदातालाई आग्रह गरेका छन ।
प्रदेशसभा सदस्य उम्मेदवार युवा नेता साहद्धारा घरदैलो
Leave a review
Leave a review

