Sajhedari Daily
Latest News from Nepal

अति विपन्न समुदायको घर निर्माणको लागि चेक हस्तान्तरण

Top Aside Banner

रबिन्द्र प्रसाद साह,/
सेलभीप परियोजना मार्फत अति बिपन्न्न समुदायका घरपरिवारहरुलाई घर निर्माण गर्नको लागि कलैया उपमहानगरपालिकाले बुधवार एक कार्यक्रमका बिच १५ लाख ९० हजार शहरी सामुदायिक कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको छ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख एवम् चेक हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि राजेश राय यादवले चेक हस्तान्तरण गरेका हुन । लुमन्ती आवाशको लागि सहयोग समूह कलैया संस्थाको कार्यक्रम संयोजक अब्दुल कैशको सभापतित्वमा सो कार्यक्रममा सम्पन्न भएको थियो ।

उक्त हस्तान्तरण कार्यक्रमका बिशिष्ट अतिथिमा कलैया उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रहलाद बर्णवाल, लेखा अधिकृत दिव्या सर्राफ, वडा नं ४ का वडा अध्यक्ष जट्टाशंकर सहनी, वडा सदस्य सम्भु गुप्ता, दिपशिखा सहकारी अध्यक्ष रामरती देवि पासवान, लुमन्तिका सामुदायिक परिचालक सुर्यराज पासवान,बिपना थापाको उपस्थिति रहेको थियो ।