शितलहर बढेपछि जीतपुरसिमराको बिद्यालयमा बिदा

रञ्जन यादव
198 पाठक संख्या

जीतपुर : तराई सहित बारामा बाक्लो हुस्सु र शितलहर बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ ।

उपमहानगरपालिकाका शिक्षा अधिकृत हरिशप्रसाद भट्टले सूचना जारी गरेर चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै विद्यालयमा विदा दिएको जनाएका छन् ।

भट्टका अनुसार वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको हो । चिसो अत्यधिक बढेपछि उपमहानगर अन्तर्गतका विद्यालयमा उपमहानगरपालिकाले पुस २४ र २५ गतेका लागि बिदा दिएको सूचनामा उल्लेख छ ।

यसैगरी बाराको करैयामाई गाउँपालिकाले पनि चिसो बढेपछि पालिका अन्तरगतका सामाुदायिक तथा निजी विद्यालयहरुलाई विदा दिईएको छ ।

Leave a review

This will close in 0 seconds