आगोले जलेर बृद्ध महिलाको मृत्यु

साझेदारी दैनिक
321 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ७ बञ्जरियामा आगोले जलेर एक बृद्ध महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्व. सुरजसाह कानुको ७५ वर्षीया श्रीमति रजिया साह कानु रहेकी जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आईतबार बिहान आफ्नै घर अगाडी परालको घुरमा आगो ताप्ने क्रममा आगोले जलेर उनी गम्भीर घाईते भएकी थिईन ।आगोले उनको दुबै हात,टाउको र खुट्टामा जलेको थियो।

उनको प्रारम्भिक उपचार प्रादेशिक अस्पताल कलैयामा भएपछि थप उपचारको लागि नारायणी अस्पताल वीरगंज पर्सा रिफर गरिएको थियो।

नारायणी अस्पतालबाट उनलाई थप उपचारको लागि नेशनल मेडिकल कलेजमा लगिएको थियो। नेशनल मेडिकल कलेजमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाण्डौ लग्ने क्रममा आईतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोले जलेर बाराको बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ ठुलो ब्रहम्पुरीमा स्थानीय ८५ बर्षिया सुगिया देवीको मृत्यु भईसकेको छ।यो संगै बारामा आगोले जलेर मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

प्रादेशिक अस्पताल कलैयामा बर्न वार्ड नहुदा आगोले जलेर घाईते हुने बिरामीहरुको उपचारमा समस्या हुने गरेको छ ।

Leave a review

This will close in 0 seconds