दुई करोड पन्ध्र लाख बराबरको अबैध सामान सहित सूर्ति बरामद

संदिप प्रसाद यादव
295 पाठक संख्या

बारा प्रहरीले दुई करोड १५ लाख बराबरको अबैध सामान सहित सूर्ति बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले विभिन्न  स्थानमा गाडिहरूलाई रोकी चेक जाँच गर्ने क्रममा  उक्त ट्रक सहित सामान बरामद गरेको हो ।

विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी दुई करोड १५ लाख दुई हजार चार सय ७६ रूपैया बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजस्थित वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना.७ ख २०१९ नं.को यात्रु बाहक बसलाई नियन्त्रणमा लिएको छ ।

सो यात्रु बाहक बसमा लोड गरेको १ सय ५० किलो चिनि र १ सय ५० किलो प्याज गरी अन्दाजी मुल्य रू.२७ हजार रूपैया बराबरको बिल भरपाई नभएको सामान प्रहरीले बरामद गरेको छ ।

त्यस्तै प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१  पथलैया स्थित सिरहाबाट काठमाण्डौ तर्फ जादै गरेको प्र.२–०३–००१ ख ३०१८ नं.को मिनि ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

सो मिनि ट्रकमा लोड गरेको अन्दाजी ४ हजार १ सय किलो आलस अन्दाजी मुल्य रू ३ लाख ११ हजार ६ सय रूपैया बराबरको बिल भन्दा बढि स्रोत खुलाउन नसकेको सामान प्रहरीले बरामद गरेको छ ।

त्यसैगरी वीरगंजबाट नारायणघाट तर्फ जादै गरेको ना ६ ख ७६७ र ना ८ ख ९४ नं.को ट्रकमा लोड गरेको ६ सय ७६ बोरा तम्बाकु (सुर्ती) अन्दाजी मुल्य रू.१ करोड ९७ लाख ३६ हजार ३ सय ७६ रूपैया बराबरको बिल भन्दा बढि स्रोत खुलाउन नसकेको सुर्ती रहेको प्रहरीले जनाएको छ ।

रौतहटबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख ७३३५ र  ना ६ ख २११० नं.को यात्रु बाहक बसमा लोड गरेको ३५ बोरा अन्दाजी १ हजार ७ सय ६० किलो प्याज अन्दाजी मुल्य रू.७७ हजार ५ सय रूपैया बराबरको बिल भरपाई नभएको  प्याज प्रहरीले बरामद गरेको छ ।

Leave a review