कलैया : बारा प्रहरीले धार्मिक स्थलमा उच्छृखलता प्रदर्शन गर्ने तीन जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका वडा नम्बर २ बस्ने सिस महमद अंसारीको छोरा अन्दाजी २३ वर्षीय एजाज अंसारी,बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने भुजमुल्ला मास्टरको छोरा अन्दाजी १९ वर्षीय अरमान अंसारी र सोही नगरपालिका वडा नम्बर १ बस्ने ईन्द्रदेव प्रसाद जयसवारको छोरा अन्दाजी ३६ वर्षीय विधा सागर पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
२०८१ माघ १ गते जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित विश्व प्रसिद गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउन ल्याएका परेवा लुटने,मन्दिरको घण्टी,पंखा,त्रिशुल,सि.सि. क्यामरा,दान पेटिका र गढीमाई मन्दिरको बिवाह मण्डप समेत तोडफोड गरी क्षति पुर्याउने र प्रहरीलाई समेत डयूटीमा बाधा पारी उच्छृखल क्रियाकलाप गरेको सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो ।
सो घटनामा संलग्न भएका तिनै जनालाई सी.सी टिभी फुटेजको आधारमा पहिचान गरी खोजतलास गरिरहेकै अवस्थामा पक्राउ म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भैइरहेको निमित्त कार्यालय प्रमुख,प्रवक्ता तथा एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।


