निजगढबाट कोरोना संक्रमितलाई काठमाडौं र्पुयाएर फर्किएका एम्बुलेन्स चालक,एम्बुलेन्समा गएका बिरामी र आफन्त सहित संक्रमित बालक बसेको निजगढ नगरपालिका वडा नम्बर १२ रामाथलि स्थित उक्त टोलका १९ जनाको आइतबार आरडीटि परिक्षण गरिएको छ ।
परिक्षण गरिएका सबैको आरडीटि रिपोर्ट नेगेटिभ आएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो । दोलखा घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका दहचोकमा बस्दै आएका ७ वर्षीय कोरोना संक्रमित वडा नम्बर १२ को उक्त स्थानमा करिब १ महिनासम्म बसेर गएकाथिए ।
एम्बुलेन्स चालकको आइतबार बिहान मकवानपुरको हेटौंडा स्थित प्रादेशिक अस्पातालमा स्वाब संकलन गरिएकोछ भने बालक बसेर फर्किएको रामथलीका स्थानीय १९ जनाको आरडीटि परिक्षण गरिएकोहो । निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल लगायत निजगढ नगरपालिकाको स्वास्थ्य शाखाको टोलि परिक्षणकोलागी आईतबार सो स्थानमा पुगेका थिए ।
यसैगरी बालक बसेर गएको घरका बाँकी ६ जना सहित एम्बुलेन्समा गएका बिरामीको भने सोमबार पिसिआर विधि मार्फत परिक्षणकालागि स्वाब संकलन गरिने लामाले बताउनुभयो सोमबार पिसिआर संकलन टोली आएपछि थप परीक्षण बढाइने भएको छ ।
बालकलाई गत जेठ १ गते कोरोना भाईरस संक्रमण भएको पुष्टि भएकोथियो । बालक आमासँगै वार्षिक परीक्षा सकेर चैत्र ८ मा निजगढ आइपुगेकाथिए ।
आमाको दिदीको सम्धिनीको घर आएका उनीहरु लकडाउनका कारण रोकिएपछि उनीहरु एम्बुलेन्स चढेर वैशाख ६ मा काठमाडौं फर्किएकाथिए ।