जनमत पार्टी पर्साको आयोजनामा भयो निशुल्क आँखा शिवीर

राम मण्डल
229 पाठक संख्या

वीरगञ्ज : जनमत पार्टी,पर्साको लोककल्याणकारी अभियान जारी रहेको छ। यस अन्तर्गत निशुल्क आँखा शिवीर वीरगञ्ज वडा नम्बर १९ बिन्दवासिनीमा आइतबार सम्पन्न भएको छ।

नवौ शिवीर अन्तर्गत क्षेत्रीय पार्टी कार्यालयमा उत्साहपूर्ण सहभागिता भएको शिवीरमा १५२ जनाले जाँच गराएका थिए।

आँखा जाँच गराएका मध्ये ४३ जनामा मोतियाबिन्दु भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले साझेदारी दैनिकलाई जानकारी गराए। मोतियाबिन्दु भएकाको शल्यक्रिया वीरगञ्ज सामुदायिक आँखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए ।

अभियानबाट अहिले सम्म एक हजार भन्दा बढी जन समुदाय लाभान्वित भएको र २५० भन्दा बढीको मोतिया बिन्दुको शल्यक्रिया सफलता पुर्वक गरिएको जानकारी जनमत पार्टीले दिएको छ। अभियान पर्साको गाउँ देखि सहर सम्म जारी नै रहने जनमत पार्टी पर्साका युवा नेता बृजकिशोर साह कलवारले जनाएका छन ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद,रम्भा मिस्र,नेताहरुकेन्द्रिय सदस्य एवं पुर्व एस एस पी अनुराग द्विवेदीको विशेष उपस्थिति थियो।

सो कार्यक्रममा नेताहरु अन्जना गुप्ता,संजय सिंह,सन्तोषी महतो,स्थानीय नेताहरु राजु साह,सरोज यादव,अजय साह कानु,महन्त रायभर लगायतको सहभागिता रहेको थियो।

Leave a review