कलैया : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समिति, बाराले देशमा भ्रष्टाचारले जरा गाडिदै गइरहेको नियन्त्रण गर्न ज्ञापनपत्रमा बुझाएको छ ।
नेकपा माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति बाराले मंगलबार अवैध शुल्क असूली बन्द गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र दिएको हो ।
क्रान्तिकारी बाराका अध्यक्ष सन्दिप यादवको नेतृत्वमा रहेको टोलीले जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईलाई ज्ञापन पत्र बुझाएको हो।
देशमा बढ्दो भ्रष्टाचार र यसबााट बारा जिल्लाको यातायात कार्यालय कलैया अछुतो नरहेको भन्दै सहायका प्रमुख जिल्ला अधिकारी छविरमण भट्राईलाई ज्ञापनपत्र बुझाएका छन । यातायात कार्यालयमा गम्भीर भ्रष्टाचारका घटना भइरहेको जानकारी प्राप्त भएको भन्दै विद्यार्थी टोलीले प्रशासनलाई ज्ञापनपत्र मार्फत ध्यानाकषर्ण गराएको नेकपा माओवादीका युवा नेता मुकेश साहले बताए ।
सो यातायात लगायत अन्य कार्यालयहरुमा पनि कार्यालयमा सेवा लिने सर्वसाधारण नागरिकहरू अनावश्यक झन्झट,अवैधानिक शुल्क असुली,ढिलासुस्ती र दलालहरूको प्रभावका कारण मर्कामा परेको ज्ञापनपत्रमा उल्लेख छ ।
अवैध शुल्क असुलीको अन्त्य गर्न माग ज्ञापनपत्रमा गरिएको छ। सर्व–साधारणलाई सेवा सुविधा प्रदान गर्ने क्रममा अनाधिकृत शुल्क लिने कार्य रोक्न कडा निगरानी गर्न माग गरिएको विज्ञप्तीमा छ ।

