धीरेन्द्र पनुहर/
गोपाल प्रगतिशील क्लब कोल्हवी नगरपालिका वाड नम्बर ३ जुअवा जटहामा जारी खुल्ला नकआउट फूटबल प्रतियिगिता २०८० को फाइनल खेलको उपाधि आयोजक क्लबले उचालेका छन् ।
सोमबार आयोजक र सिहासनी क्लबको बिरुद भएको फाइनल खेलमा निर्धारित समयमा दुबै टीमले एक एक गोल गरी खेल बरावारी भए पछि ट्राई बेकरबाट नतीजा निकालिएको हो ।
ट्राई बेकरमा आयोजक ३ को बिरुद्ध,४ गोलले बिजयी भएको हो । प्रतियोगिताको बिजेता टीमले नगद रु तिस हजार शील्ड मेंडल र प्रमाणपत्र र उपबिजेता टिमले नगद रु बीस हजार शील्ड मेंडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
बिजेता टीमलाई समापन समारोह कार्यक्रमका प्रमुख अतिथि कोल्हवी नगरपालिकाकी उपमेयर लक्ष्मी कुमारी चौधरी पुरस्कार तथा नगद बितरण गर्नु भएकी थिइन् ।
यस प्रकारका प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा कोल्हवी नगरपालिका वाड नम्बर ३ को वडा कार्यालय जुअवा,साना किसान सहकारी सस्था लि कोल्हबी ४ सपही,शान्ति बृदा फाउन्डेशन कोल्हवी १,रामदुलारी कंस्ट्रक्शन प्रा लि कोल्हवी ३ जुअवा रहेको थियो क्ष्
खेल अवधिभरी खेलको हाइलाइट र समाचार सम्प्रेषण गरेको कार्यको उच्च मूल्याकन गर्दै रेडियो पातालगंगा १०६.१ मेगाहर्ज कोल्हवी ,कोल्हवी न्यूज डट कम र रेडियो कोल्हबी १०४.१ मेगाहर्ज कोल्हवीलाई मायाको चिनो र सम्मान पत्रले सम्मान गरेको थियो ।
कोल्हवी ३ लगाएत अरु वडाका समाजसेविहरूले पनि यो प्रतियिगिता सफल बनाउन आर्थिक सहयोग गर्नु भएको थियो क्ष् सहयोगी सस्थाहरुलाई मायाको चिनो प्रदान गरी आयोजक क्लबले सम्मान गर्नु भएको थियो क्ष्
फाइनल खेलको मुख्य रेफ्री काली प्रसाद चौधरी सहायक रेफ्री राम कुमार चौधरी र प्रवीन कुमार उपाध्याय रहेको थियो । समापन समारोह कार्यक्रमका प्रमुख अतिथि कोल्हवी नगरपालिकाकी उप मेयर लक्ष्मी कुमारी चौधरीले रेफ्रिलाई बल हस्तान्तरणगरी खेल शुरुवात गराउनु भएको थियो ।
उक्त कार्यक्रममा कोल्हवी ३ का अध्यक्ष किशुन दयाल चौधरी ४ का बिष्णु मैनाली,६ का दिनेश चौधरी ,१० कुञ्ज बिहारी चौधरी ११ का नन्द किशोर चौधरी ,साना किसान सहकारी सस्था लि .कोल्हवी ४ सपहिका प्रबन्धक अरुण चौधरी शान्ति बृदा फाउन्डेशन कोल्हबी १ का अध्यक्ष प्रेम नारायण चौधरी अतिथिहरू जन शक्ति क्लब कोल्हबीका अध्यक्ष,बारा जिल्ला भलिबल संघका अध्यक्ष तथा जिल्ला फुटबल संघका उपाध्यक्ष खÞुशी चौधरी,नेका कोल्हवी नगर कमिटी सभापति बिरेन्द्र चौधरी,समाजसेवी हरिनारायण चौधरी,रघुबंश चौधरी ने रा आ बी जुअवाका प्रधानाध्यापक नरेन्द्र चौधरी,जित बहादुर चौधरी,श्याम लामा,रामनाथ चौधरी,पारसनाथ चौधरी र रतनमाला चौधरी लगायतको उपस्तिथि रहेको थियो ।
क्लबका अध्यक्ष जय मंगल चौधरीको सभापतित्वमा सम्पन्न समापन समारोह कार्यक्रममा स्वागत मन्तव्य राम दयाल चौधरीले गर्नु भएको थियो सञ्चालन मुनिकान्थ चौधरीले गरेका थिए ।


