अबैध लागु औषध गाँजा सहित तीन जना पक्राउ

साझेदारी दैनिक
191 पाठक संख्या

बारा : राजेश कुशवाहा/ प्रहरीले बुधबार विहान बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित बजार टोलबाट अबैध लागु औषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नम्बर २ बस्ने ५५ वर्षीय रम्भा देवी मुखिया,उनको ३८ वर्षीय छोरा जोगिन्द्र मुखिया र पर्सा बिन्दाबासिनी गाउँपालिका वडा नम्बर २ बस्ने ६० वर्षीया ममता देवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन्।

उनीहरुको साथ बाट अबैध लागू औषध गाँजा ९ किलो २ सय ग्राम बरामद गरिएको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई गाँजा सहित पक्राउ गरेको हो।

रम्भाको साथ बाट ३ के.जि १४१ ग्राम,जोगिन्द्रको साथबाट २ के.जी.६४३ ग्राम ममताको साथ बाट २ के.जि.६५९ ग्राम र झोला बाट ७९८ ग्राम लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको शरीर खानतलासि गर्दा ३ (तिन) जनाको कम्मरमा सेतो प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई राखेको ३ पोका अं.९ के.जि.२ सय ग्राम गाँजा बरामद गरिएको हो। उनीहरु माथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review