शिक्षक–कर्मचारीलाई अफिसियल ब्याग हस्तान्तरण

साझेदारी दैनिक
291 पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नंम्बर ४ कार्यालयको सहयोगमा औराहा विद्यालयका शिक्षक तथा कर्मचारीलाई अफिसियल ब्याग हस्तान्तरण गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका नसिम हुसैनको रोहवरमा आयोजित कार्यक्रममा विद्याललयका २७ जना शिक्षक–कर्मचारीलाई ब्याग प्रदान गरिएको बिद्यालयका सुचना अधिकारी धन प्रसाद बजगाँईले जानकारी दिएका छन ।

विद्यालयका प्रधानाध्यापक रामदत्त जोशिका अनुसार अफिसियल ब्यागले शिक्षक तथा कर्मचारीहरूलाई शैक्षिक सामग्री बोक्न सहज बनाउने अपेक्षा गरिएको छ।

उनले विद्यालयमा गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि यसअघि पनि शैक्षिक सामग्रीको प्रयोग गर्दै बिद्यार्थीहरूलाई प्रभावकारी शिक्षा प्रदान गर्न विभिन्न तालिमहरू सञ्चालन गरिएको जानकारी दिए ।

Leave a review

This will close in 0 seconds