भन्सार छली ल्याईएका चकलेटहरु बरामद

साझेदारी दैनिक
221 पाठक संख्या

पर्सा प्रहरीले भन्सार छली ल्याइएको चकलेटहरु बरामद गरेको छ ।

उसले भारतबाट भन्सार छली ल्याइएका बिभिन्न किसिमका चक्लेटहरु बरामद गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नं.६ स्थितबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका चकलेटहरु प्रहरीले बरामद गरेको हो।

बरामद गरिएका चकलेटहरुमा ८८ हजार चार सय बराबरको चकलेटहरु रहेको छ ।

विभिन्न ब्राण्डका चकलेटहरु बरामद भएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

बरामद गरिएको चकलेटहरुलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।

Leave a review