Sajhedari Daily
Latest News from Nepal

सरकारको बिरोध गदै २२ वटा बस्तुगत संघसंस्थाहरु सडकमा

Top Aside Banner

सिकेन्द्र पासवान/
बाराको सदरमुकाम कलैयामा २२ वटा बस्तुगत संघसंस्थाहरुले सरकारको साकेतिक बिरोध गरेका छन् ।
राजदेवी मन्दिरबाट सोसल डिस्टेन्सी अपनाई निकालिएको संकेतिक बिरोध र्रयाली नगरको बिभिन्न भागमा पुगी अ–आफनो पसलको अगाडी आधा घन्टा उभी बिरोध गरेका सुन चान्दी व्यवसायी संघका अध्यक्ष शिवजी सोनारले जानकारी दिनुभयो ।

लक डाउनका कारण व्यापार, व्यवसाय नखुल्दा ब्यापारीहरु निकै नै मारमा परेको हुदा सोसल डिस्टेन्सी अपनाई निश्चित मापडण्ड तोकी व्यवपार, व्यवसायहरु खोल्न दिनुपर्ने माँग बस्तुगत संघसंस्थाहरुको रहेको किरना व्यवसायी संघका जिल्ला अध्यक्ष बिष्णु पौडेलले भन्नुभयो ।

सम्पुर्ण व्यवसायीहरुको राहत पाकेजको व्यवस्था गर, बैक ब्याज माफ गर, बिजुली, पानीको बिल माफ गर, करमा छुट गर जस्ता माग राखी बिहीबार देखि चरणवद्ध रुपमा आन्दोलनको घोषना समेत गरेका छन् ।

माँग पुरा नभए सम्म आन्दोलन जारी रहने बारा उधोगा बाणिज्य संघका महासचिव जयप्रकाश साहले बताउनुभयो । आन्दोलनमा कपडा ब्यवसायी संघ, हार्डवेयर,बिषाधी तथा बिषाधी,गाला ब्यवसायी,राईसमिल ब्यवसायी, रेडिमेड,स्टेस्नरी, औषधी, साईकल, स्पेयर तथा मेशिनरी, मासु, फर्निचर, बिजुली ब्यवसायी ईलोक्ट्रोनिक,होटल, पान, तरकारी तथा फलफुल, टेम्पु,बस, सिटीराईड, टयाम्पो ब्यवसायीसंघ लगायत २२ वटा बस्तुगत संघसंस्थाहरुको सहभागिता रहेको थियो ।