जनयुद्ध दिवसको अवसरमा प्रेस सेन्टरद्वारा फलफूल वितरण

रञ्जन यादव
275 पाठक संख्या

जीतपुर : जनयुद्ध दिवसको अवसरमा प्रेस सेन्टर नेपाल बाराले जिल्लाको कलैयामा फलफूल वितरण गरिएको छ ।

सेन्टरले ३० औं जनयुद्ध दिवसको अवसरमा कलैया स्थित प्रादेशिक अस्पतालमा विहीबार विरामीहरुलाई फलफूल वितरण गरिएको हो । सो अवसरमा सेन्टरले असक्त र अस्पतालमा उपचारत बिरामीहरुलाई उपचारमा सहयोग स्वरुप फलफूल वितरण गरिएको सेन्टर नेपाल बाराले जनाएको छ ।

माओवादी जनयुद्धको सुरुवात गरिएको ३० औं वर्ष पुगेको अवसरमा पार्टी र भातृ संगठनहरुले देशभर विभिन्न कार्यक्रम मनाइरहेका बेला प्रेस सेन्टर बाराले सामाजिक सेवा गर्ने उदेश्यले प्रादेशिक अस्पताल कलैयामा पुगेर त्यहाँ रहेका बिरामीहरुलाई फलफुल वितरण गरेको प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष रन्जन यादवले बताएका छन ।

प्रादेशिक अस्पताल कलैयामा रहेको ८५ जना बिरामीलाई जनयुद्ध दिवसको अवसरमा फलफूल वितरण गरिएको प्रेस सेन्टर नेपाल बाराका सचिव अखिलेश यादवले जानकारी दिए ।

फलफूल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कलैया उपमहानगर कमिटी अध्यक्ष मुकेश साहले जनयुद्धको बलमा मुलुकमा यो परिबर्तन आएको भन्दै यसलाई संरक्षण गर्न आबश्यक रहेको बताएका छन ।

फलफूल वितरण कार्यक्रमा बोल्दै प्रादेशिक अस्पताल कलैयाका व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईले देशको राजनीतिक परिवर्तनमा कुनै बेला सुरु भएको द्धन्द्धले अहिले सार्थकता पाएको र समाज रुपान्तरण र आर्थिक समृद्धि हासिल गर्नेतर्फ अबको नेतृत्वले सोच्नुपर्ने बताउनु भएको थियो ।

फलफूल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका कलैया नगर कमिटी उपाध्यक्ष रमेश साह,नेपाल प्रेस युनियनका बाराका अध्यक्ष श्यामबाबु यादव, प्रेस सेन्टर नेपाल बाराकी उपाध्यक्ष प्रियंका सर्राफ,सहसचिव बिशाल सर्राफ लगाएतको उपस्थिति रहेको थियो ।

वि.स.२०५२ फागुन १ गतेदेखि सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

Leave a review

This will close in 0 seconds