खेलकुद मैदान तथा कृषि बाटो निर्माण कार्यको भयो शिलान्यास

राजेश कुशवाहा
424 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ बैराठपुरमा बुधबार खेलकुद मैदान तथा कृषि बाटो निर्माण कार्यको शिलान्यास गरिएको छ।

नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य तथा बारा निर्वाचन क्षेत्र ३ ख,कामधेस प्रदेश सभा सदस्य महम्मद समिरले एक कार्यक्रमका बीच खेलकुद मैदान तथा कृषि बाटो निर्माण कार्यको शिलान्यास गरेका हुन्।

वडा अध्यक्ष अमिन अंसारीको अध्यक्षतामा उक्त शिलान्याश कार्यक्रम सम्पन्न भएको हो। उक्त अवसरमा वडा सदस्य,स्थानीय भद्र भलादमी लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds