स्थापना दिवसमा शैक्षिक सामाग्री बितरण तथा दिप प्रज्जवलन

साझेदारी दैनिक
329 पाठक संख्या

कलैया : नेपाल शिक्षक संघको ३६ औ स्थापना दिवस नेपाल शिक्षक संघ बाराले मंगलबार बिभिन्न कार्यक्रम गरी मनाएको छ ।

स्थापना दिवसको अवसरमा संघ बाराले शैक्षिक सामाग्री बितरण,दिप प्रज्जवलन लगायतका कार्यक्रम गरी मनाएको हो । संघका अध्यक्ष राजकिशोर सहनीको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो । दिवसको अवसरमा संघ बाराले अमृता अनाथालय कलैयालाई शैक्षिक सामाग्री बितरण गरेको छ ।

संघ बाराका अध्यक्ष सहनीले अमृता अनाथालयकी सञ्चालिका फूलमति बस्नेतलाई कपी,कलम,पेन्सिल लगायतका सामाग्री हस्तान्तरण गरेका हुन। संघ बाराले मंगलबार सांझ कलैया स्थित भरत चोकमा दिप प्रज्जवलन गरेको छ ।

उक्त अवसरमा देवेन्द्र गिरी,नरेन्द्र गिरी,सिद्दान्त कुमार श्रीवास्तव,बाबुराम यादव,बिजय प्रसाद यादव,संघका सचिव सुकदेश यादव लगायतको सहभागिता रहेको थियो ।

Leave a review