Sajhedari Daily
Latest News from Nepal

बाल बिबाह गरेपछि बेहुला र उनका बुवा प्रहरी फन्दामा

राम मण्डल /
वीरगञ्जमा बाल बिवाह गरेपछि बेहुला र उनका बुवा प्रहरी फन्दामा परेका छन । बाल बिवाह गरे गराएको आरोपमा वीरगञ्जबाट १९ बर्षिय बेहुला र ४६ बर्षिय बेहुलाका बुवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बस्ने १९ बर्षका बेहुला र उनका बुवा रहेका छन ।

बाल बिवाह गराई रहेको सूचनाको आधारमा प्रहरी टोलीले दुबैजनालाई मण्डपबाटै शनिवार पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई वाल बिवाह सम्बन्धी कसूर मुद्धामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिएका छन ।

यसैवीच पर्सा प्रहरीले जिल्लामा कहि कतै बाल बिवाह भईरहेको छ भने त्यसको सूचना नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सवैलाई आग्रह गरेको छ ।

Comments are closed.

error: Content is protected !!