प्रज्ञापन पत्र नभएको तथा भन्सार छलिका अवैध सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

साझेदारी दैनिक
561 पाठक संख्या

कलैया : बारा प्रहरीले भन्सारको प्रज्ञापन पत्र नभएको तथा भन्सार छलिका अवैध सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटीएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २ सूर्य नेपाल स्थितमावीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ६ ख ४३५१ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा भन्सारको प्रज्ञापन पत्र नभएको तथा भन्सार छलिको सामान सहित ट्रकलाई नियन्त्रणमा लिएको हो।

सो ट्रकमा लोड रहेको भन्सार छलिका एरियल टाईड र उईस्वर एरियल समान अन्दाजी मुल्य रू.४८ लाख ६ हजार ९ सय ५२ रूपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।

उक्त अवैध सामान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।

Leave a review