गोदामबाट गाँजा तथा अबैध माल सामान बरामद

साझेदारी दैनिक
352 पाठक संख्या

बारा : प्रहरीले सप्तरीको राजबिराज नगरपालिका वडा नम्बर ९ मलेठ स्थित एक गोदाम घरबाट सोमबार बिहान अबैध लागु औषध गाँजा र अबैध माल समान बरामद गरेको छ ।

बिशेष सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक,सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक सहितको टोलीले उक्त गोदाम बाट २४ क्विन्टल १९.५ किलो ग्राम अबैध लागु औषध गाँजा र १४२ कार्टुन स्याउ र हार्डवेयरको सामानहरु बरामद गरेको हो।

उक्त गोदाम घरको बाहिरी गेटमा ताल्चा लगाएको र गोदाम कस्को हो केही नखुलेको प्रहरीले जनाएको छ।

गोदामको कम्पाउण्ड भित्र रहेको खाली जग्गामा रहेको को १ ख ५२१५ नम्बरको ट्रक र ना ५ ख ५९५१ नम्बरको ट्रकमा पल्टि गरेको अवस्थामा १४२ कार्टुन स्याउ रहेको,ताल्चा लगाएको सोही गोदाम भित्र २४ क्विन्टल १९.५ किलो ग्राम अबैध लागु औषध गाँजा र हार्डवेयरको समानहरु,भारितय बि.आर ० जे.बी.९७३५ नम्बरको सेतो स्कारपियो, डब्लु. बी. ७४ ए.एम. १५५८ नम्बरको मारुती सुजकी कार बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धाम धनुषाका प्रहरी बरिष्ठ उपरीक्षक,प्रवक्ता एवम् सूचना अधिकारी शान्तिराज कोईरालाले जानकारी दिएका छन्।

उक्त घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a review