कलैया : बारा प्रहरीले तीन वटा मदिरा भट्टि तथा ४० हजार आठ सय रुपैयाँ बराबरको छ सय ८० लिटर कच्चा पदार्थ आइतबार नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका छन्।
आन्तरिक राजश्व कार्यालय सिमरा बाराबाट खटि आएका कर अधिकृत टंक भुसाल र ईलाका प्रहरी कार्यालय अमलेखगज, बाराबाट प्रहरी वरिष्ट नायब निरीक्षक टेक बहादुर कार्कीको समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले मदिरा भट्टि नष्ट गरेको छ।
बारा प्रहरीले जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ सागर चोक नजिक एउटा वटा भट्ठी,राम मन्दिर चोक नजिक १ एउटा भट्टी तथा वडा नं.२२ को २ नं पुल नजिक एउटा भट्टी नष्ट गरेको प्रनाउ पण्डितले जनाएका हुन्।
प्रहरीले मदिरा उत्पादन गर्न प्रयोग हुने साना ठुला गरि नौ वटा सिलभरजि भाँडा समेत नष्ट गरेको छ।


