कलैया : राजेश कुशवाहा/बाराका सुरक्षा निकायका प्रमुखले जिल्लाको सीमावर्ति नाकाहरुको स्थलगत अनुगमन निरिक्षण गरेका छन्।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको अगुवाईमा रहेको सुरक्षा निकायका प्रमुखहरुको एक टोलीले सिम्रौनगढ नगरपालिका स्थित बसवरिया नाकाको स्थलगत अनुगमन निरीक्षण गरेको हो।
टोलीमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ्ग,सशस्त्र प्रहरी बल १२ नम्बर गण उत्तर झिटकैयाका सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी लगायतका रहेका छन्।
टोलीले जिल्लाको सबै सीमावर्ति नाकाहरुको स्थलगत अनुगमन निरीक्षण गर्ने जनाईएको छ। बसवरिया नाकाबाट अनुगमन निरीक्षण शुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ।


