पत्रकारहरुको जिवन बिमाको निमित ध्यानाकर्षण भएको छ – मन्त्रि लेखी

साझेदारी दैनिक
413 पाठक संख्या

कलैया : मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले पत्रकारहरुको जिवन बिमाको निमित ध्यानाकर्षण भएको बताएका छन ।

मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा नेपाल पत्रकार महासंघ बाराको समन्वयमा बुधबार कलैया स्थित महासंघको सभाहलमा आयोजित पत्रकार अचार सहिता पालना सम्बन्धी गोष्ठीलाई प्रमुख आतिथ्य बाट सम्बोधन गर्दे मन्त्री लेखीले यस्तो बताएका हुन ।

उनले पत्रकारहरुको स्वास्थय तथा दुर्घटना बिमा भन्दा पनि जिवन बिमा गर्नुपर्नेमा जोड दिए ।उनले पत्रकारहरुको हकहितका निमित के के गर्न सकिन्छ अध्ययन गर्नका लागि समिति गठन गर्न लागेको उनले बताए ।

उनले नेतृत्वमा रहेभने अगामी बजेटमा सञ्चार क्षेत्रका लागि अधिकत्म बजेट र कार्यक्रम छुटयाउने जानकारी दिए । उनले अन्य मन्त्रालयको तुलनमा सञ्चार मन्त्रालय कम बजेट रहेको बताए ।

एक फरक प्रसंगमा बोल्दै उनले केही सिमित ब्यतmी बाट प्रतिगमनको प्रयास भईरहेको बताए। गणतन्त्रका पक्षधरहरु एक ठाउमा रहकेकाले परिवर्तन पछाडी नफर्किने उनले बताए ।

तिन तहको सरकारले समावेशिताको प्रयास गरीरहेको उनको भनाई रहेको थियो । तिन तहको संरचना बाट नेपाली जनताले पाईरहेको सेवालाई थप ब्यवस्थित गर्नु पर्छ उनले भने ।

प्रतिगमनका गतिबिधी नेपाली जनतालाई स्विकार्य नरहेको उनले बताए। प्रदेशमा धेरै राजनितिक नियुक्त गर्न बांकी रहेको उनले जानकारी दिए।

उक्त कार्यक्रममा बोल्दै मधेश प्रदेश सदस्य देवनारायण चौधरीले पत्रकारहरु आफनो पेशा प्रति जिम्मेवार हुनुपर्ने बताए । उनले पत्रकार अचारसहितालाई पुर्ण रुपमा पालना गर्न समेत आग्रह गरे ।

उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले पत्रकार सुरेश रजकको हत्यारालाई कानुनी दायरा ल्याउन सरकार संग माग गरे ।हत्यारालाई पक्राउ नगरे कडा भन्दा कडा आन्दोलन गरिने उनले चेतावनी दिए ।

प्रेस र प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न राजाबादी लागि परेको उनले बताए ।मधेश प्रदेशका पत्रकारहरु जोखिम मोलेर पत्रकारिता गरी रहेको उनले बताए । उनले पत्रकारहरु आफनो पेशा प्रति अत्यन्त जिम्मेवार रहेको जनाए । श्रमजिवि पत्रकारहरुको श्रमलाई मार्ने काम भईरहेको प्राति आपती जनाउदै उनले श्रमजिवि पत्रकारका लागि वकालत गर्न आग्रह गरे ।

नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष शयाम बञ्जाराले संञ्चारकर्मी माथि बर्बर दमन भईरहेको प्रति चिन्ता प्रकट गरे ।उनले अचारसहिताले पत्रकारहरुलाई सही मार्गमा ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

उनले कसैको दवाव र प्रभावमा नपरी स्वतन्त्र र निस्पक्षमा रुपमा पत्रकारिता गर्नुपर्ने बताए ।उनले अहिले पत्रकारिता प्रति जनबिश्वास गुमीरहेको बताए।उनले भारतिय सञ्चारमाध्यमहरुले नेपालको गणतन्त्र गईसक्यो भनेर भ्रामक समाचार प्रशासरण गरी रहेको समेत बताए ।उनले समाज प्रति जिम्मेवार भएर पत्रकारिता गर्न सचारकर्मी संग आग्रह गरे ।

उनले पत्रकारहरुको जिवन बिमा गर्न सरकार संग माग गरे ।पत्रकारहरुका लागि समेत नागरिक लगानी कोष राख्नुपर्नेमा उनले जोड दिए । बन्द कोठा भित्र बनाएको कानुन पत्रकार माथि लादन खोजे सहय नहुने उनले चेतावनी दिए ।

पत्रकारले सिंगो समाज प्रभावित हुने समाचार लेख्न नहुने उनको भनाई रहेको थियो । उक्त गोष्ठीमा नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष पन्नालाल दासले अचार सहिताले पत्रकारहरुमा निखार ल्याउने बताए ।

उक्त गोष्ठीमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कर्णले सहजीकरण गरेका थिए। मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दासको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत काउन्सिलका खगेन्द्र ढुंगेल एवम् सञ्चालन नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष अनिल कुमार गौरवको रहेको थियो ।

उक्त गोष्ठीमा नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्षहरु लक्ष्मी साह,गुरु प्रसाद गौतम,कमल कुमार उपाध्याय,पुर्व उपाध्यक्ष रामबाबु मेहता,नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ,नेपाल प्रेस युनियन बाराका जिल्ला सजिव राजेश कुशवाहा,सदस्य सन्दिप यादव,नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य रामेशवर मेहता,पवन यादव,श्रमजिवी पत्रकार संघ बाराका अध्यक्ष शिवशंकर मिश्रा लगायतका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds