चैती छठ विधिवत रुपमा सम्पन्न

साझेदारी दैनिक
511 पाठक संख्या

कलैया :राजेश कुशवाहा/ तराई मधेशमा मनाईने चैती छठ विधिवत रुपमा सम्पन्न भएको छ।

ब्रतालुहरुले विहीबार अस्ताउदो सूर्यलाई र शुक्रबार विहान उदाउदो सूर्यलाई अघ्र्य दिएपछि चैती छठ विधिवत रुपमा सम्पन्न भएको हो।

ब्रतालुहरुले पवित्र जलाशय,नदी,तलाउमा गएर छठी माताको भक्ती आराधना गर्दै अस्ताउदी र उदाउदो सूर्यलाई अघ्र्य दिएका हुन्।

जिल्लाको कलैया,सिम्रौनगढ,बरियारपुर,गजभवानीपुर,प्रसौनी,जितपुर,परवानीपुर,उत्तर झिटकैया,भतोडा,इनीसरा,तेलकुवा,पिप्राढी,बन्जरिया,बेनौली,ब्रम्हपुरी,दोहरी,भोडाहा,मोतिसर,बेलहिया प्रस्टोका,पटेर्वा भगवानपुर लगायत जिल्लाको विभिन्न स्थानमा छठपर्व मनाएका छन्।

छठपर्व पर्व गर्नाले सुख शान्ति सम्बृद्धी प्राप्त हुने एवं चर्मरोग निको हुने जनंिवशवास रहेको छ।

Leave a review

This will close in 0 seconds