जीतपुरमा निकालियो भव्य शोभा यात्रा

रञ्जन यादव
399 पाठक संख्या

बारा । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा बाजागाँजा सहित जीतपुरमा भव्य शोभा यात्रा निकालिएको छ।

केरा ढोका मन्दिर बाट सुरु गरिएको शोभा यात्राले जीतपुर बजार परिक्रमा गरेको बिश्व हिन्दु परिषद नेपाल जीतपुरका अध्यक्ष धिरज गुप्ताले जानकारी दिएका हुन्।

शोभा यात्रामा बारा क्षेत्र नं.४(क) का प्रतिनिधि सभा सदस्य तथा पुर्ब मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान),जीतपुरसिमरा उपमहा नगरपालिकाका नगर प्रमुख राजन पौडेल,धार्मिक सङ्घसंस्थाका प्रतिनिधि र नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

जीतपुरमा मोटरसाईकल सहित निकालिएको र्‍याली पथलैया परिक्रमा गरी जीतपुरमा फर्किएको बिश्व हिन्दु परिषद नेपाल जीतपुरका युवा प्रमुख दिपक गुप्ताले जानकारी दिए। यात्रामा बाजागाँजा सहित श्रद्धालुहरूको उत्साहपूर्वक सहभागिता रहेको थियो।

यसले वातावरण भक्तिमय बनाएको थियो। विश्व हिन्दु परिषद नेपाल जीतपुरले केरा ढोका मन्दिरमा ११ सयको सङ्ख्यामा बत्ती बाली आरती तथा भजन किर्तन गरेको थियो।

रामनवमी,जसलाई राम जयन्ती पनि भनिन्छ,भगवान् रामको जन्म दिवसका रूपमा मनाइन्छ।

Leave a review