Sajhedari Daily
Latest News from Nepal

पर्सामा कोरोना संक्रमितको संख्या दुई हजार भन्दा बढि पुग्यो

Top Aside Banner

राम मण्डल/
पर्सा जिल्लामा मात्रै दुई हजार भन्दा बढि कोरोना संक्रमितहरु पुगिसकेका छन । बिहिवार मात्रै जिल्लामा २४ जना संक्रमित थपिएसंगै कोरोनाबाट संक्रमण हुनेको संख्या दुई हजार २२ पुगको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

बिहीबार थपिएका संक्रमितहरुमा वीरगन्ज महानगरपालिकाका ७ जना, सखुवा प्रसौनी गाउँपालिकाका ७ जना, सशस्त्र प्रहरीका २ जना र नारायणी अस्पतालको क्वाटरमा बस्दै आएका दुई स्वास्थकर्मी र उनीहरुका एक छोरा गरि तीन जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणकै कारण जिल्लामा अहिलेसम्म ३३ जना ब्यक्तिहरुको मृत्यु समेत भएको छ ।