पेस्तोलसहित यादव पक्राउ

साझेदारी दैनिक
587 पाठक संख्या

कलैया : प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ६ एकडर्वा बाट पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय ६० बर्षिय बिरेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनको साथ बाट एक राउण्ड गोली लोड सहितको कटुवा पेस्तोल एक थान,उक्त पेस्तोलमा लाग्ने गोली ३ राउण्ड र उनले प्रयोग गर्ने ना २३ प ४८७७ नम्बरको मोटरसाईकल बरामद गरिएको छ ।

बिरेन्द्र र उनको ५५ बर्षिय भाई सुचिन्द्र प्रसाद यादव बीच जग्गाको बिषयलाई लिएर झै झगडा भईरहेको थियो ।

प्रहरी चौकी महुवनबाट खटिृएको प्रहरी टोलीले झगडा छुटाउने क्रममा उनलाई पेस्तोल सहित पक्राउ गरेको हो । उनी माथि आवशयक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review

This will close in 0 seconds