सिमरा । नेकपा एमालेको नगर कमिटी निर्वाचनको माहोल तात्दै जाँदा,उम्मेदवार त्रिलोकविक्रम शाह जनसमर्थन बटुल्न सफल भएका छन्।
पार्टीको संगठन सुदृढीकरणदेखि लिएर स्थानीय विकासका विषयमा निरन्तर सक्रिय रहँदै आएका शाह नेकपा एमाले भित्र एक प्रतिबद्ध र जनतामुखी नेतृत्वको उदाहरणको रूपमा स्थापित हुँदै गएका छन्। बिभिन्न संघ सस्थामा आबद्ध रही समाजको सामाजिक गतिबिधिमा सक्रिय रहेको ।
२०५८ सालमा अनेरास्ववियु प्रा क अध्यक्ष,२०६५ मा अनेरास्ववियु जिल्ला सचिब,अनेरास्ववियु पूर्व केन्द्रीय सचिबालय सदस्य,अनेरास्ववियु निबर्तमान मधेस प्रदेश संयोजक,लामो समय नेकपा एमाले वडा कमिटी,पूर्व जिल्ला कमिटी सदस्य,बर्तमान कमिटिको उपसचिब रहेका छन् ।
विगत केही वर्षयता शाहले नगरमा सामाजिक अभियान,युवासँगको संवाद र आधारभूत सेवा प्रवाहमा देखाएको अग्रसरता उल्लेखनीय छ। उहाँले संगठनलाई नारा मात्र होइन,व्यवहारमै जनमुखी बनाउने प्रयास गर्नुभएको छ।
स्थानीय स्तरमा युवाहरूको क्षमता अभिवृद्धिका लागि कार्यक्रम संचालन गर्नुहोस् वा बृद्धबृद्धाहरूका लागि स्वास्थ्य शिविरको आयोजना,शाहको पहलकदमीले नगरवासीको मन जितेको देखिन्छ।
पार्टी भित्रको समावेशी नेतृत्वको आवश्यकतालाई आत्मसात गर्दै,उहाँले सबै वर्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने दृष्टिकोण राख्दै आएका छन्। यही कारणले गर्दा यो निर्वाचनमा शाहप्रति आम सदस्यहरूबीच आशावाद र विश्वासको वातावरण देखिएको छ।
नगरको समृद्धि र संगठनको एकताको लागि शाहले प्रस्तुत गरेका योजनाहरूले उहाँको दृष्टिकोणको परिपक्वता दर्शाउँछन्। उहाँ भन्छन्, “हामी राजनीतिक हैसियतका लागि होइन, नगरको परिवर्तनका लागि प्रतिस्पर्धा गरिरहेका छौं।”

