गरुडा नगरपालिकाद्वारा मालपोत कार्यालयलाई मोटरसाइकलसहित आवश्यक सामाग्री हस्तान्तरण

साझेदारी दैनिक
210 पाठक संख्या

रौतहटको गरुडा नगरपालिकाले मालपोत कार्यालय गरुडालाई कार्यालय सञ्चालनमा आवश्यक पर्ने सामाग्रीहरु एक कार्यक्रमवीच हस्तान्तरण गरेको छ ।

गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले जिल्लाको गरुडास्थित रहेको मालपोत कार्यालयलाई लाखौं रुपैयाँ बराबरको कार्यालय सञ्चालन कार्यमा प्रयोग हुने सामाग्रीहरु म्ंगलबार हस्तान्तरण गरेकाहुन् ।

मालपोत कार्यालय गरुडालाई सवारी साधन मोटरसाइकल १५० सि.सि. १ थान,(मेसिनरी तथा औजार) डेस्कटप २ थान,प्रीन्टर१ थान,युपिएस २ थान,सिलिङ पंखा ५ थान,(फर्निचर तथा फिक्वर्स) ३ सिटर कुर्सी ३ थान,फिक्स कुर्सी ४ थान लगायत आवश्यक पर्ने १८ प्रकार बढीका सामग्रीहरू हस्तान्तरण गरिएको हो ।

मालपोत कार्यालय गरुडाका प्रमुख प्रमोदकुमार पाठकलाई प्रदान गरिएको नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले जानकारी दिएका छन् ।

आफ्ना मातहत रहेका जुनपनि कार्यालयलाई नागरिकलाई प्रत्यक्ष लाभ हुने खालको कुनै पनि आवश्यक पर्ने सामग्री प्रदान गर्न आफू सदैव सहयोग गर्न अग्रसर रहेको उनले बताए । मेयर जयसवालले मालपोत कार्यालय गरुडालाई कार्यालय सञ्चालन कार्यमा सहयोग पुर्‍याउने सामाग्री हस्तान्तरण गरिएको उनले बताए ।

मालपोत कार्यालयबाट नै उक्त सामग्रीहरु सहयोग गर्न माग भइ आएकाले कार्यपालिकाको निर्णय अनुसार पालिकाबाट उक्त सामानहरु उपलब्ध गराइएको मेयर जयसवालले बताए ।

पालिकाले उपलब्ध गराएको सहयोगले कर्मचारीहरुलाई कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई छिटो छरितो तवरले सेवा दिन सहज हुने र सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए ।

कार्यालयलाई आवश्यक पर्ने र कार्यालय सञ्चालनमा सहयोग पुग्ने सामग्री प्रदान गर्दिनु भएकोमा गरुडाका मेयर जयसवाललाई मालपोतका प्रमुख पाठकले धन्यवाद व्यक्त गरेका छन् ।

उक्त हस्तान्तरण कार्यक्रममा समाजसेवी सैलेश जयसवाल,स्वस्थ्य संयोजक प्रवीण झा,मालपोतका लेखा प्रमुख नवीन यादव,जिन्सी प्रमुख मुकेश कुमार साहभद्रभलादमी बुद्धिजिबी,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a review