वीरगञ्ज : विवादका कारण १९ दिनदेखि डुबानमा परेको क्षेत्रको पानी निकासीको काम बिहीबार देखि शुरु भएको छ।
वीरगंजको सुगौलीविर्ता,हरपतगंज बहुअरीको पानी निकाशीको काम सुरु भएको हो। वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह सहितको टोलीले सो क्षेत्रको अनुगमन गरेको हो।
टोलीमा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषाल,जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोध ढुंगेल,ससस्त्र प्रहरीका प्रमुख राधेश्याम धिताल लगायतको टोलीले पानी निकासका लागि स्थलगत अनुगन गरेको थियो ।
त्यस क्षेत्रको पानी निकासका लागि पहिलेदेखि नै रहेको बन्द ह्युमपाइप खुलाउने र पुरिएर रहेको पहिलेको नहर पुनः चालु गराउने निष्कर्ष निकालिएको थियो। सो निष्कर्ष सहित महानगरपालिकाले दिउँसोबाट ३ वटा जेसीबी पठाएर पानी निकासको काम सुरु गरेको हो।
दुई दिन भित्रमा सबै पानी निकास भइसक्ने गरी बन्द रहेको ह्युमपाइप र नहर खोल्न जेसिबीले खन्ने काम शुरु गरिएको हो। गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण वीरगंज महानगरपालिकाको वडा नं. २०,२४ र २६ को अधिकांश क्षेत्र डुबानमा परेको थियो।
तीनवटै वडाको पानीको निकास वडा नम्बर १७ अलौँस्थित आईसीपीचोकमा राखिएका दुईवटा ह्युमपाइपबाट निकास हुँदै आएकामा यसपटक ह्युमपाइप जाम भएको थियो। जसले सुगौलीविर्ता,हरपतगञ्ज र बहुअरी डुबानमा परेका थिए। वर्षाको पानी १९ दिनसम्म निकास नपाउँदा त्यहाँ लगाइएको ५० औँ विघाभन्दा बढी धानबाली नष्ट हुने अवस्थामा पुगेको थियो।
पानीको निकासको बिषयलाई लिएर असोज २१ मा महानगर प्रमुख राजेशमान सिंह महानगरको प्राविधिक र नगर प्रहरी सहितको टोली लिएर निरीक्षणमा गएको थियो। त्यसबेला विवाद समेत भएको थियो। विवादको क्रममा अलौका स्थानीयलाई नगर प्रहरीले दुब्र्यवहार गरेपछि अलौबासीले धर्ना समेत दिएका थिए।दै

