Sajhedari Daily
Latest News from Nepal

बारा माक्स नलगाउनेलाई रु एक सय जरिवना हन्छ

सावधान के तपाई बारामा माक्स नलगाई हिड्नु भएको छईन, यदी मास्क नलगाई हिड्लुल गरेको भए कारवाहीमा पर्नुहोला ।
बारामा स्वास्थ्य मापदण्ड विपरित माक्स प्रयोग नगरी हिडडुल गर्नेलाई प्रशासनले एक सय जरिवना गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा जिल्ला स्तरिय कोभिड १९ नियन्त्रण ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा मंगलवार बसेको बैठकले मास्क नलगाई हिड्नेलाई यस्तो कारवाही गरिने निर्णय गरेका हो।

अहिले विश्वभर नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारीको दोस्रा चरणको लहर निकै नै कहरको रुपमा बढदै गरेको अवस्थालाई मध्य नजर गर्दै जिल्लाको सार्वजनिक निकाय सहित अन्य ठाँउहरुमा काम बिशेषले बाहिर जादा माक्स अनिवार्य लगाई आफुपनि बच्ने अरुलाई बचाउने काममा सहयोग गर्न समितिले जिल्ला बासीहरुलाई आग्रह समेत गरिएको हो ।

जिल्लामा कोभिड १९ बढने जोखिम कायमै रहेको हुदा पूर्वतयारीका लागि कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको गंगापुर शैक्षिक तालिम केन्द्रको छात्राबासमा ५० बेडको आइसोलेसन संचालनमा ल्याउने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत मुरारी कार्कीले जानकारी दिएका छन ।

भौतिक पुर्वाधारका साधन (बेड, टेबल, फैन, बती इत्यादी कलैया उपमहानगरपालिकाले गर्ने र अन्य आवश्यक ब्यवस्थापन कलैया अस्पतालले गर्ने गरि जिम्मेवारी समेत प्रदान गर्ने निर्णय गरिएको छ ।

होम आइसोलेसनमा बसेका संक्रमितहरु स्वीकृत प्रोटोकल बसे नबसेको अनुगमन गर्न टोल सुधार समितिको सहयोग लिई सम्बन्धीत पालिकाको वडा समितिले गर्ने यदी संक्रमितहरु सुरक्षित रुपमा नबसी गाँउटोलमा घुमफिर गर्ने गरेको पाइएमा निजहरुलाई आइसोलेसनमा ल्याई बुझाउने समेत निर्णय भएको समितिका सदस्य प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी गराए छन ।

बैठकले संक्रमितहरुलाई आवश्यकता अनुसार आइसोलेसन सेन्टर वा अस्पतालमा उपचारमा लैजादा प्रयोग गर्ने एम्बुलेन्सको ब्यवस्थापन जनस्वास्थ्य कार्यालय र कलैया अस्पताल गर्ने निर्णय गर्नुको साथसाथै होटल संचालन बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म स्वास्थ्य मापडण्ड अनुसार चलेको नचलेको अनुगमन गर्ने बारा उद्योग बाणिज्य संघलाई जिम्मेवारी दिने भएको छ ।
मन्त्रीपरिषदको मिति २०७८ साल बैखास ६ गतेको निर्णय जिल्लामा प्रभावकारीसंगै कडाईको रुपमा पालना गर्ने गराउने निर्णय भएको हो ।

वैठकमा कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेडक्रोस सोसाईटीका अध्यक्ष राजेन्द्र सिंह खड्का, उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार साह, जिल्ला जनस्वास्थ्यका प्रमुख रामनरेश यादव, कलैया अस्पतालका प्रमुख गौरब महतो, प्रहरी उपरिक्षक दिपेन्द्र शाही, शसस्त्र प्रहरीका नायव उपरिक्षक निरंजन भंण्डारी, ज्वालदल गणका गणपति सुरेन्द प्रसाद रावल, रेडियो नेपालका बारा प्रतिनिधी सिकेन्द्र पासवान लगायतको सहभागितामा थियो ।

Comments are closed.

error: Content is protected !!