कलैया : नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख एवम् प्रहरी उपरीक्षक भिमकिरण बोगटीको सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले उनको सरुवा भएको हो। उनी सहित ६३ विभिन्न ठाउँहका प्रहरी उपरीक्षकहरुको सोमबार सरुवा गरेको हो।
उनको सरुवा बागमती प्रदेश प्रहरी गण हेटौडामा भएको प्रधान कार्यालयले जनाएको छ।
प्रहरी उपरीक्षक बोगटीको ठाउँमा प्रहरी उपरीक्षक राजकुमार सिलवाल आउदै छन्। सिलवाल गण्डकी प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखाका पोखरा कास्कीमा कार्यरत रहेका छन्।

