बारामा नेपाली सेनाको बख्तरबन्द गाडीसहितको गस्ती

साझेदारी डेलि
302 पाठक संख्या

कलैया । यहीँ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बारामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। निर्वाचन सुरक्षालाई लक्षित गरी नेपाली सेनाले जिल्लाका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडी मार्फत गस्ती सुरु गरेको छ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिहरूलाई रोक्न र आम नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन सेनाले आफ्नो उपस्थिति बढाएको हो।

निर्वाचनका बेला हुन सक्ने सम्भावित अवाञ्छित गतिविधिहरूलाई निस्तेज पार्न सेनाले जिल्लाका मुख्य व्यापारिक केन्द्र, राजमार्ग तथा ग्रामीण भेगहरूमा आफ्नो उपस्थिति बढाएको हो।

यसैगरी बाराका चार वटै निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले पनि संयुक्त गस्ती गर्दै आएको छ ।

Leave a review

This will close in 0 seconds