सिमरा : डिभिजन बन कार्यालय बाराको आयोजनामा डिभिजन स्तरीय योजना तर्जुमा गोष्ठी विहीबार सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बन क्षेत्रका विविध योजना तर्जुमा गर्न कार्यालयको सभाहल सिमरामा उक्त गोष्ठी आयोजना गरिएको थियो ।
डिभिजनल बन अधिकृत राजीव कुमार झाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा सब–डिभिजन बन कार्यालयका प्रमुखहरूले आ–आफ्ना सब–डिभिजन अन्तर्गतका योजनाहरू प्रस्तुत गरेका थिए ।
साथै उनीहरूले मातहतका सामुदायिक बन तथा साझेदारी बनका योजनाहरू समेत प्रस्तुत गर्दै भावी योजनाका प्राथमिकताहरू निर्धारण गरेका थिए ।
कार्यक्रमले आगामी वर्षका लागि बन क्षेत्रको दिगो व्यवस्थापन तथा संरक्षणमा केन्द्रित योजना निर्माण गर्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ।


