जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ

साझेदारी दैनिक
387 पाठक संख्या

कलैया : पर्सा प्रहरीले जबरजस्ति करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

नामथर वतन परिवर्तित ३४ जिल्ला ०८१/०८२ श्रीपुर ( प ) माथि जबरजस्तिकरण गरेको आरोपमा बाराको प्रसौनी गाउँपालिका वडा नं.६ बेलहिया घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१३ बस्ने वर्ष ५० को दिनानाथ साहलाई प्रहरीले पक्राउ गरेको हो।

साह र नामथर वतन नखुलेको वर्ष ४० को व्यक्ति दुबैजना मिली पीडितलाई एक्लै मौका छोपी मुख थुनी करणी गरेको भन्ने समेत व्यहोराको पीडित पक्षबाट प्राप्त जाहेरी दरखास्तको आधारमा संलग्न मध्येका वर्ष ५० को दिनानाथ साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

साह विरुद्ध करणी सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको छ।

उक्त घटनामा संलग्न फरार व्यक्तिको पहिचान भैसकेको हुँदा निजलाई खोजतलास कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds