बारामा एक प्रहरी हवल्दार सहित ९ जनामा कोरोरा संक्रमण पुष्टी भएको छ ।कलैयामा रहेको एक मात्र जिल्ला अस्पतालको रुपमा रहेको कलैया अस्पतालमा खटिएका प्रहरी हवलदार सहित ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा १ प्रहरी हवलदार , २ प्रहरी जवान, ९ बर्षका एक बालकमा संक्रमण देखिएको हो ।
यस्तै स्वास्थ्य कार्यालयका सहयोगी एक महिला, र अन्य कलैया उपमहानगरपालिका, परवानीपुर गाँउपालिका, प्रसौनी गाँउपालिका र आर्दश कोतवाल गाँउपालिकाका कर्मचारीहरु एक-एक जनामा कोरोनाको संक्रमण देखिएको कलैया अस्पतालका प्रमुख बिरेन्द्र ठाकुरले जानकारी दिएका छन ।
संक्रमितहरुलाई कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरमा रहेको आइसोलेसनमा राखी उपचार भईरहेको प्रमुख मण्डलले बताए । यसअघि भन्दा अगाडी कलैयामा १ जना डाक्टर सहित १७ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।